राष्ट्रिय बाणिज्य बैंकलाई राष्ट्र बैंकको कारवाही !

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई नियामकीय निर्देशन उल्लङ्घन गरेको भन्दै कारबाही गरेको छ।

बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंकले बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१ मा भएका व्यवस्थाको पूर्ण पालना नगरेको पाइएको हो।

राष्ट्र बैंकका अनुसार बैंकले खाता रोक्का तथा फुकुवा सम्बन्धी निर्देशन कार्यान्वयनमा कमजोरी देखाएको तथा नियामकीय व्यवस्था उल्लङ्घन गरेको पाइएपछि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०५८ को दफा १०० को उपदफा (१)(क) बमोजिम बैंकलाई सचेत गराइएको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले नियामकीय निर्देशनको पूर्ण पालना गर्नुपर्ने भन्दै यस्ता कमजोरी दोहोरिन नदिन आवश्यक सुधार गर्न निर्देशन दिएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै