काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले प्रतिष्ठित Infosys Finacle Innovation Awards 2026 अन्तर्गत ‘Maximizing Customer Engagement – Digital First Banking’ विधामा Gold Award प्राप्त गरेको छ।
यो अवार्ड विश्वभरका बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन र ग्राहक अनुभव अभिवृद्धिमा गरेका उत्कृष्ट अभ्यासलाई सम्मानस्वरूप प्रदान गरिन्छ। यस सम्मानले सिद्धार्थ बैंकको डिजिटल बैंकिङ विस्तार र ग्राहककेन्द्रित सेवाप्रतिको निरन्तर प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको बैंकले जनाएको छ।
बैंकले पछिल्ला वर्षहरूमा ग्राहकलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ आफ्ना डिजिटल सेवाहरूलाई निरन्तर विस्तार गर्दै आएको छ।
बैंकका अनुसार मोबाइल बैंकिङ, क्यूआर भुक्तानी (QR Payment), क्यूआर ऋण (QR Loan), भर्चुअल क्रेडिट कार्ड तथा डिजिटल खाता सञ्चालनजस्ता नवीन सेवामार्फत ग्राहकलाई छिटो, सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।
बैंकले यो अन्तर्राष्ट्रिय सम्मानले आगामी दिनमा आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै अझ व्यवस्थित, गुणस्तरीय र ग्राहकमैत्री सेवा प्रदान गर्न थप प्रेरणा मिलेको जनाएको छ।


