PRABHU BANK

सडक आश्रित मानव मुक्त अभियानलाई सिटिजन्स बैंकले गर्यो आर्थिक सहयोग

 citizens bank ltd
  • बैंकिङ संसार
काठमाण्डौं । सिटिजन्स बैंकले सडक आश्रित मानव मुक्त अभियान नेपाललाई १ लाख सहयोग गरेको छ । मानिसहरु सडकपेटि मन्दिर मस्जिद तथा गुम्बामा आश्रित हुन पुगेकाहरुलाई आश्रय दिन सञ्चालन गरेको उक्त अभियान नेपाललाई सफल पार्न बैंकले सो रकम उपलब्ध गराएको हो ।
यस पवित्र कार्य र यस्ता कार्यहरुलाई बैंकले भविष्यमा पनि बैंकको संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०५ सम्म क्यास ब्याक (नगदफिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै