- बैंकिङ ससार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गराएको छ । बैंकले कोरोना भाइरसबाट भविष्यमा आइपर्न सक्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउँदै प्रत्येक कर्मचारीको कोरोना बीमा गरेको हो ।
हाल जारी रहेको लकडाउनको अवस्थामा पनि ग्राहक वर्गको बैंकिङ्ग आवश्यकता परिपूर्ती गर्नका लागि बैंकले आफ्ना शाखाहरु सञ्चालनमा ल्याउदै बैंकिङ सेवा प्रदान गरिरहेको छ । यस प्रतिकूल समयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै बैंकले सबैको कोरोना बीमा गरेको हो ।