काठमाडौँ। पोखरा फाइनान्सको कम्पनी सचिवमा बिनोद राज पौडेल नियुक्त भएका छन् ।
पोखरा फाइनान्स र समृद्धि फाइनान्स एक आपसमा गाभिई कायम भएको पोखरा फाइनान्सको संचालक समितिको असार २६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाका नायब महाप्रबन्धक पौडेल सचिवमा नियुक्त भएका हुन् ।
पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीचको सफल मर्जरपछि संस्थाले आफ्नो सेवा विस्तार, पूँजीगत आधार सुदृढीकरण तथा ग्राहकलाई थप गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यका साथ व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै आएको छ। सोही रणनीतिअनुसार संस्थाले विभिन्न व्यवस्थापकीय जिम्मेवारीमा अनुभवी कर्मचारीलाई अवसर प्रदान गर्दै आएको छ।
नवनियुक्त कम्पनी सचिव पौडेलले संस्थाको कानुनी, प्रशासनिक तथा नियामकीय कार्यलाई अझ प्रभावकारी र पारदर्शी बनाउँदै संस्थागत सुशासनलाई मजबुत बनाउन योगदान पुर्याउने विश्वास सञ्चालक समितिले व्यक्त गरेका छन्।

