काठमाडौँ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले सहायक श्रेणीको केन्द्र सञ्चालक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको जनाइएको छ । सो पदका लागि एसईई वा सो सरहको परीक्षा उर्तिण गरेको हुनुपर्नेछ । उक्त पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष ननाघेको) हुनु पर्नेछ।
इच्छुक तथा योग्यता पुगेका व्यक्तिले साउन २३ गतेभित्र आवेदन दिनुपर्ने लघुवित्तले जनाएको छ।

