अभियान लघुवित्तको ६७ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। अभियान लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले ६७ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको हो ।

संस्थाको संस्थापक समूहको ६७ हजार ३५० कित्ता सेयर बिक्रीमा राखिएको छ । यो सेयरमा हाललाई संस्थाकै संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

सेयर खरिदका लागि निवेदन दिन ३५ दिनको समय दिइएको छ। यस अवधिभित्र संस्थापक सेयरधनीहरुले काभ्रेको पनौतीस्थित संस्थाको केन्द्रीय कार्यालय वा सेयर रजिस्ट्रार कुमारी क्यापिटलको काठमाडौंको नक्सालस्थित कार्यालयमा निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्