PRABHU BANK

ग्लोबल आइएमइ बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण

 Global IME Bank
  • बैकिङ संसार
लहान । ग्लोबल आइएमइ बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएको छ । बैंकको सिराहाको लहान शाखामा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण भएको हो । उनको स्थायी घर भने महोत्तरीमा रहेको र कामको सिलसिलामा लहानमा बसोवास गर्दै आएका थिए । उनी केही दिन अगाडिदेखि बिरामी परेका थिए । त्यसपछि उनी प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भए । सोही क्रममा उसलाई कोरोना संक्रमण भएको हो ।
संक्रमण पुष्टी भएपछि उक्त बैंक शाखा बन्द गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । अहिले भने उनको स्वास्थ्य स्थिति सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाए । त्यस्तै, बैंकमा कार्यरत २२ कर्मचारीलाई पनि क्वारेन्टाइनमा राखिएको र कोही होटलमा र कोही आफ्नै घरमा क्वारेन्टाइनमा बसेको लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामसुन्दरले जानकारी दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै