PRABHU BANK

मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियरबीच सम्झौता, बैंकका ग्राहकहरुलाई कम्पनीले दिने सेवामा विशेष छुट

 Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियरबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई कम्पनीले दिने सेवामा विशेष छुट दिने सम्बन्धी उक्त सम्झौता भएको हो । बैंकका ग्राहकहरुले हाउस अफ ईन्टेरियरका इन्टेरियर प्रडक्ट, इलेक्ट्रिसिटी, मारबल, फर्निचर एण्ड फिक्स्चर, फर्निसिङ्ग, उडवर्कस्, थ्रीडी डिजाइन तथा अत्य इन्टेरियर डिजाइनिङ लगायतका सेवाहरुमा आकर्षक छुट पाउनेछन् । 
मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव सहायक प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले र हाउस अफ ईन्टेरियरको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुमेर ज्ञवालीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 
बैंकले नेपालभर १ सय ३८ वटा शाखाहरुमार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक सेवा दिदै आएको छ । यसका साथै आवश्यकता अनुसार सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै