PRABHU BANK

सनराइज बैंकको नयाँ शाखारहित बैंकिङ सेवा गुल्मीमा सञ्चालन, एटिएम कार्डमार्फत कारोबार गर्न सकिने

 Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकले नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ । उक्त बैंकिङ सेवा गुल्मीको फुलबारीमा सञ्चालन गरेको हो । बैंकले ४९औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । एक कार्यक्रम अन्तर्गत मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा र प्रमुख अतिथिका रुपमा मालिका गाउँपालिका अर्जैका वडा अध्यक्ष शोभाखर गिरिले उद्घाटन गरे । 
बैंकको गुल्मी शाखाका प्रमुख सुनिल मण्डलको सभाअध्यक्षतामा विशिष्ठ अतिथि र प्रमुख अतिथिले उक्त शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि रीमा गिरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका हुन् । 
उक्त मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि एटिएम कार्डमार्फत कारोबार गर्न सकिने जनाइएको छ । त्यस्तै, ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु पनि लिन सकिने जनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै