- बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले २६ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । बैंकले ६ प्रकारको बचत खातामा ५ प्रतिशत र १४ प्रकारको बचत खातामा ३ प्रतिशतले व्याजदर कायम गरेको छ ।
त्यस्तै, ६ प्रकारको बचत खातामा ४ प्रतिशतले व्याजदर कायम गरेको छ भने १ प्रकारको बचत खातामा ०.५० प्रतिशतले व्याजदर कायम गरेको छ । बैंकले यी सबै बचत खाताहरुमा सोमबार (भाद्र १) देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
यस्तो छ बैंकको नयाँ व्याजदरः