PRABHU BANK

ग्लोबल आइएमई बैंकका कैलाली शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Global IME Bank
  • बैंकिङ संसार
धनगढी । ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको कैलालीको गोदावरी नगरपालिकामा रहेको शाखामा कार्यरत ३ कर्मचारीका कोरोना संक्रमण पुष्टी भएको हो । डडेल्धुराको प्रयोगशालामा गरिएको परीक्षणमा बैंकका कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो । 
संक्रमित कर्मचारी गोदावरी, धनगढी र कञ्चनपुर भिन्न–भिन्न ठाउँका रहेका छन् । संक्रमित कर्मचारीलाई हाल आइसोलेसनमा राखिएको छ भने संक्रमणको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । त्यस्तै, बैंकका अन्य कर्मचारीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । संक्रमित बिरामीको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै