एनआईसी एशिया बैंकले ल्यायो ग्राहकहरुको लागि ‘क्युआर रिफर एण्ड अर्न’ योजना

 Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले ‘क्युआर रिफर एण्ड अर्न’ योजना बजारमा ल्याएको छ । बैंकले नयाँ क्युआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘ क्युआर रिफर एण्ड अर्न’ योजना बजारमा ल्याएको हो । ग्राहकहरूले बैंकको उक्त योजनामा भाद्र र आश्विन महिनाभर सहभागी हुन पाउनेछन् ।
उक्त योजना अन्तर्गत बैंकसँग रहेका क्युआर मर्चेन्ट तथा ग्राहकहरुले उक्त २ महिनाको समयमा नयाँ क्युआर मर्चेन्ट रिफर गरी उक्त नयाँ क्युआर मर्चेन्टले सोही अवधिमा बैंकमा चालु खाता खोलेर क्युआरमा आवद्ध भएमा रिफर गर्ने क्युआर मर्चेन्ट एवं ग्राहकहरुलाई बैंकले प्रति रिफर मर्चेन्ट ७५० रुपैयाँ नगद पुरस्कार दिने भएको छ । 
यसका साथै बैंकले सोही अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी क्युआर मर्चेन्टहरू बैंकमा आवद्ध गराउने १० जनालाई ५० हजार रकम प्रदान गर्ने समेत व्यवस्था गरिएको बैंकले जनाएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै