काठमाडौँ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश संशोधन गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने भनिएको लाभांश संशोधन गरेको हो ।
लघुवित्तले एक सूचना जारी गर्दै अब सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने जनाएको छ । लघुवित्तको जेठ ८ गते बसेको सञ्चालक समितिको बैठकले साविकको लाभांश प्रस्ताव परिमार्जन गरी कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
गत फागुन १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले ९.५ प्रतिशत बोनश सेयर र ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरि स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको थियो।
वित्तीय प्रतिवेदनलाई थप सुदृढ बनाउने क्रममा नियामक व्यवस्था र वित्तीय परिसूचकहरुमा गर्नुपर्ने अनिवार्य समायोजनका कारण प्रस्ताव गरिएको लाभांशलाई यथावत् राख्न नसकिने कानुनी एवं प्राविधिक बाध्यता सिर्जना भएको हुनाले संशोधन गरिएको लघुवित्तले जनाएको छ ।

