आरम्भ चौतारी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयरहरुमध्ये आंशिक सेयर बिक्रीमा राखेको हो।

संस्थाले सो सेयर सर्वसाधारणले खरिद गर्न मिल्नेगरी बिक्रीमा राखेको हो। संस्थाले पहिलो चरणमा सो सेयर विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्र बिक्रीमा राखेकोमा उनीहरुबाट आवेदन नपरेपछि उक्त सेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्रीमा राखेको हो।

उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। इच्छुक आवेदनकले संस्थाको केन्द्रिय कार्यालयमा निवेदन दिन सक्नेछन्।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै