चेक बाउन्स मुद्दामा बिमला राई पक्राउ, अब हुन्छ जेलको बास !

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा एक जना महिला पक्राउ परेकी छन्। १२ लाख जरिवाना तोकिएका एक जना फरार प्रतिवादी पक्राउ परेकी हुन् ।

पक्राउ पर्नेमा ललितपुरको लामा टारकी बिमला राई रहेकी छिन्।

राईलाई ७ दिन कैद ६० हजार रुपैयाँ जरिवाना १२ लाख रुपैयाँ बिगो फैसला भएको थियो। उनलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो।

हाल उनलाई फैसला कार्यान्वयनको लागि अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्