काठमाडौँ। ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई स्पष्टीकरण मागिएको पाइएको छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई स्पष्टीकरण मागिएको पाइएको हो।
कम्पनीले मूल्य संवेदनशील सूचना समयमै सार्वजनिक नगरेको भन्दै नेप्सेले लिखित जवाफ माग गरेको हो।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार सूचीकृत कम्पनीले मूल्यमा प्रभाव पार्ने सूचना सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि बिहान १०:३० बजेभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।
ग्रामीण विकास लघुवित्तको सञ्चालक समितिको बैठक २०८३ जेठ ३ गते बिहान ७ बजे बसेर आर्थिक वर्ष २०८१-८२ को वार्षिक साधारण सभा गर्ने, सेयर दाखिला खारेज गर्ने तथा लाभांश सम्बन्धी निर्णय गरेको थियो। तर, उक्त सूचना कम्पनीले नेप्सेको एनओटीएस प्रणालीमा जेठ ७ गते बिहान ९:३३ बजे मात्र अपलोड गरेको देखिएको छ।
नेप्सेले कम्पनीले किन ३ कारोबार दिनपछि मात्र सूचना सार्वजनिक गरेको हो भन्नेबारे पत्र प्राप्त भएको मितिले ३ कार्यदिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।

