नेपालमा बैंक खाताहरु टार्गेट गरी साइबर अपराधका गतिविधि बढ्न थाले

काठमाडौँ। नेपालमा बैंक खाताहरु टार्गेट गरी साइबर अपराधका गतिविधि बढ्न थालेको पाइएको छ। फिफा विश्वकप २०२६ नजिकिँदै जाँदा नेपालमा बैंक खाताहरु टार्गेट गरी साइबर अपराधका गतिविधि बढ्न थालेको पाइएको हो।

बैंक खाता टार्गेट गरी भाइरसहरु पठाउने क्रम बढेकोले  नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यममार्फत मालवेयर प्रयोग गरी डेटा चोरी गर्ने गिरोह सक्रिय भएको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

ब्युरोका अनुसार ‘विश्वकप नि:शुल्क हेर्न सकिने’ प्रलोभन देखाएर प्रयोगकर्तालाई शङ्कास्पद लिंक क्लिक गराउने प्रयासहरू बढिरहेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्