इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले आजदेखि सर्वसाधारण गरिद गर्न मिल्ने गरी संस्थापक सेयर बिक्रीमा राखेको हो ।

संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको २४ हजार ६२९ कित्ता सेयर बिक्रीमा राखेको हो।

कम्पनीले यस अघि सो सेयर विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेकोमा उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

सो सेयर खरिद गर्न इच्छुक जो कोहीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालयमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्