काठमाडौँ। सेन्ट्रल एक्स्चेञ्ज काउन्टरको लाइसेन्स खारेज भएको छ। नेपाल राष्ट्र बैंकले सेन्ट्रल एक्स्चेञ्ज काउन्टरको लाइसेन्स खारेज भएको हो।
राष्ट्र बैंकले पोखरामा रहेको सेन्ट्रल एक्स्चेञ्ज काउन्टरको लाइसेन्स खारेज गरेको हो ।
परिवर्त्य विदेशी मुद्राको खरिद कारोबार गर्न लाइसेन्स पाएको सेन्ट्रल एक्स्चेञ्ज काउन्टरले कारोबार बन्द गरी इजाजत खारेज गरिदिन निवेदन पेश गरेको थियो ।
राष्ट्र बैंकले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ मा भएको व्यवस्था बमोजिम मनिचेञ्जरको लाइसेन्स खारेज गरेको हो ।


