काठमाडौँ । बैंकिङ कसुर मुद्दामा नेपाली काँग्रेसका जिल्ला उपसभापति पक्राउ परेका छन् । काँग्रेस डोल्पाका उपसभापति पूर्ण बहादुर शाही बैंकिङ कसुर मुद्दामा पक्राउ परेका हुन् ।
शाहीलाई त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगर बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
उच्च अदालत पाटनले २०७९ कात्तिक ७ गते शाहीलाई बैंकिङ कसुरमा १ दिन कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएपछि भागेका उनी हाल प्रहरीको फन्दामा परेका छन्। उनीविरुद्ध जिल्ला अदालत डोल्पामा पनि १० लाखको बैंकिङ कसुर मुद्दा पनि रहेको पाइएको छ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका शाहीलाई अन्तत: पक्राउ गरि आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

