नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको कामु सिइओमा ढकाल नियुक्त

काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा महेश शर्मा ढकाल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले ढकाललाई कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो।

हाल ढकाल बैंकमा नायब सिइओका रुपमा कार्यरत छन्।

स्मार्ट टेलिकम प्रकरणमा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे प्रहरी नियन्त्रणमा छन्।

सिइओ पाण्डे अनुसन्धानका क्रममा रहेकोले उनले सम्पादन गर्ने बैंक सञ्चालनसम्बन्धी सम्पूर्ण गर्ने गरी कामु सिइओका रुपमा ढकाललाई अख्तियारी प्रदान गरिएको बैंकका प्रमुख वित्त तथा योजना विभागका प्रमुख सचिन टिवरेवालले जानकारी दिए।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै