नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे पक्राउ

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्। बैशाख २९  गते पक्राउ परेका हुन।

६३ वर्षीय पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा सिन्धुलीको बसपार्कस्थित मदनभण्डारी राजमार्गबाट लुकिछिपी भागिरहेको अवस्थामा २९ गते राति पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले जनाएको छ ।

अनुसन्धानका अनुसार, स्मार्ट टेलिकमले अनुमतिपत्र नवीकरण नगरेपछि सरकारको स्वामित्वमा आएका भौतिक संरचना र प्रणालीहरूलाई लिलामी प्रक्रियामार्फत सरकारी हक टुटाउने उद्देश्यले काम गरेको पाइएको छ ।

पाण्डे लोन रिकभरी कमिटिको अध्यक्षको हैसियतमा उक्त प्रक्रियामा संलग्न थिए । उनले प्रयोग गर्ने मोबाइल फोन स्विच अफ गरी फरार हुन खोज्दा प्रहरीले सवारी चेकजाँचको क्रममा उनलाई फेला पारेको थियो ।

यसका साथै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २०८२-०६-०३ मा निकालेको लिलामी सूचनामा घरबहाल र विद्युत महसुल वापतको ४० करोड रुपैयाँ समेत कबोल गर्नुपर्ने शर्त राखेको देखिएको छ । बैंकले उक्त रकम लिएर पनि हालसम्म घरधनी र विद्युत महसुल नबुझाई ठगी गरेको भन्दै प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत थप अनुसन्धान अगाडि बढाएको छ ।

यस घटनामा संलग्न अन्य विषय र प्रमाणहरूका बारेमा ब्यूरोले थप खोजी गरिरहेको प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै