- बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो ।
बैंकले ३९ हजार १०० कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले शुक्रबार असोज २ गतेदेखि ९ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता देखि अधिकत्तम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
शिलबन्दी बोलपत्र आवेदन फाराम एनआईसी एशिया क्यापिटल बबरमहल र एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथलीका साथै विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयबाट १०० रुपैयाँ नगद भुक्तानी गरी प्राप्त गर्न सकिनेछ ।
लगानीकर्ताले बोलपत्र आवेदन फाराममा आफुले लिन चाहेको सेयर संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्टसँग खुलाउनुपर्ने कम्पनीले जनाएको छ ।