अर्थमन्त्री वाग्ले अन्तर्राष्ट्रियस्तरका बैठकमा सहभागी नहुने, आगामी आर्थिक वर्षको बजेट तयारीलाई प्राथमिकता दिँदै !

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रियस्तरका दुई महत्त्वपूर्ण बैठकमा स्वयम् सहभागी नहुने भएका छन्। आगामी आर्थिक वर्षको बजेट तयारीलाई प्राथमिकता दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रियस्तरका दुई महत्त्वपूर्ण बैठकमा स्वयम् सहभागी नहुने भएका हुन्।

एशियाली विकास बैंक (एडीबी) को ५९औँ वार्षिक बैठक मे ३ देखि ६ तारिखसम्म उज्बेकिस्तानमा आयोजना हुँदैछ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठक अप्रिल १३ मा वासिङ्टन डीसी, अमेरिकामा हुने तय भएको छ। तर, बजेट लेखन कार्य तीव्र रूपमा अघि बढिरहेको सन्दर्भमा अर्थमन्त्री वाग्लेले यी दुवै बैठकमा सहभागी नहुने निर्णय लिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्रालयका अनुसार राष्ट्रिय प्राथमिकता अनुरूप बजेट निर्माण प्रक्रियामा प्रत्यक्ष संलग्न हुनुपर्ने भएकाले उक्त निर्णय गरिएको हो।

 

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै