PRABHU BANK

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्ने

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ । बैंकले २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्ने भएको हो ।
बैंकले असोज ११ गते आईतबारदेखि विकास ऋणपत्र निष्कासन गर्ने भएको हो । राष्ट्र बैंकले ९ वर्षे अवधिको लागि विकास ऋणपत्र २०८६ ‘घ’ बोलकबोलमार्फत निष्कासन गर्ने भएको हो ।
यो ऋणपत्रमा आवेदकले आईतबार दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेश गर्न सक्ने भएका छन् ।
लगानीकर्ताले न्युनतम ५० हजार रुपैयाँ र बढीमा ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जान अंकमा बोलपत्र पेश गर्नुपर्नेछ । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाका रुपमा मात्र भाग लिन सक्नेछन् । यस ऋणपत्रको साँवा भुक्तानी भने २०८६ असोज १२ गते हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै