PRABHU BANK

एभरेष्ट बैंक र होटल अलफटबीच सम्झौता, ग्राहकले १५ प्रतिशत छुट पाउने

Everest Bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंक र ठमेल स्थित होटल अलफटबीच सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुले अलफटमा छुट पाउने सम्बन्धी सम्झौता भएको हो । 
अब ग्राहकहरुले फुड, बेभरेज र बेकरी सपमा होटेलले तोकेको स्ट्याण्डर्ड मुल्यमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
अहिलेको यस्तो महामारीको स्थितिका कारण यो अफर टेक-अवे सेवामा मात्र उपलब्ध रहेको छ र अवस्था सहज भए लगतै यो अफर होटेल सेवामा पनि उपलब्ध हुने बैंकले जनाएको छ ।
यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकका एटएिम वा क्रेडिट कार्ड प्रयोगकर्ताले होटल अलफटमा उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै