PRABHU BANK

सनराइज बैंकको ५०औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा, नन्दलाल गुरतालद्धारा उद्घाटन

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ । बैंकले बाँकेको खजुरा गाउँपालिका २ मा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको हो । बाँकेमा सञ्चालन भएको उक्त शाखा बैंकको ५० औं शाखा रहित बैंकिङ सेवा हो । 
सोही शाखारहित बैंकिङ सेवाको उद्घाटन भने गाउँपालिका-२ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालले गरेका हुन् । प्रमुख अतिथि गुरतालले बैंकको शाखारहित बैंकिङ सेवाको प्रतिनिधि सुजाता खरेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए ।
उक्त मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । उक्त सेवाबाट ग्राहकहरुले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै