PRABHU BANK

मेगा बैंकको संस्थापक समूहको र सर्वसाधारण समूहको हकप्रद सेयर लिलामीमार्फत बिक्री खुल्ला

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेडले हकप्रद सेयर लिलामीमार्फत विक्री खुुला गरेको छ । बैंकले संस्थापक समूहको र सर्वसाधारण समूहको हकप्रद सेयर लिलामीमार्फत विक्री खुुला गरेको हो । 
बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३ सय ९४.६३ कित्ता सेयर लिलामीमार्फत विक्री खुुला गरेको हो ।
बैंकले आईतबार असोज ११ गतेबाट सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १ सय रूपैयाँ तोकिएको हुनाले लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने भएको छ ।
लगानीकर्ताले न्युनतम १ सय कित्ता र अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने भएका छन् । उक्त आवेदन भने लगानीकर्ताहरुले असोज ११ गतेदेखि असोज १८ गतेसम्म मात्र दिन सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै