काठमाडौँ। कर्णाली डेभलपमेन्ट बैंकका सञ्चालकसँग राष्ट्र बैंकले स्पष्टीकरण सोधेको छ। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका सञ्चालकसँग पुन: स्पष्टीकरण सोधेको छ।
कर्णाली डेभलपमेन्ट बैंक २०८१ पुस १० गते समस्याग्रस्त घोषणा भएको थियो। राष्ट्र बैंकले बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष डा.ओम प्रकाश मिश्र, सदस्यहरू युवराज अधिकारी, उषा कुमारी भण्डारी, टंक बहादुर बस्नेत, निसार अहमद दर्जीसँग स्पष्टीकरण माग गरेको हो।
पहिलो पटक माग गर्दा उनीहरूले स्पष्टीकरण दिन अटेर गरेपछि राष्ट्र बैंकले पुन: स्पष्टीकरण माग गरेको हो।
उनीहरूलाई सञ्चालक पदबाट बर्खास्त गर्नुनपर्ने कुनै कारण भए आफ्नो सफाइ तथा स्पष्टीकरण १० दिनभित्र दिन राष्ट्र बैंकले निर्देशन दिएको छ।


