नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले ४ लाख ८८ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकको संस्थापक समूहको ४ लाख ८८ हजार ३०९ कित्ता सेयर बिक्रीमा राखिएको छ । उक्त सेयरमा बैंककै संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

निवेदन ३५ दिनभित्र काठमाडौँको कमलादीस्थित बैंकको सेयर रजिस्ट्रारको कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्