माछापुच्छ्रे बैंकले पायो अग्राधिकार सेयर जारी गर्ने अनुमति

काठमाडौँ। माछापुच्छ्रे बैंकले अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बैंकलाई ३ अर्ब रुपैयाँबराबरको अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको हो ।

नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे अविमोच्य अञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको छ। जसअनुसार बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार सेयर जारी गर्नेछ।

बैंकले यो अग्राधिकार सेयरको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ।

बैंकको अग्राधिकार सेयरको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्