काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनलले ‘म्यान-सिटिजन्स एसपाइरिङ म्यानेजर अवार्ड’ वितरण गरेको छ। बैंकले स्थापना गरेको ‘म्यान-सिटिजन्स एसपाइरिङ म्यानेजर अवार्ड’ यस वर्ष गौरव उप्रेतीलाई प्रदान गरेको हो।
अवार्ड नेपाल व्यवस्थापन संघ (म्यान) को राष्ट्रिय व्यवस्थापन सम्मेलनमा माघ २४ गते शनिबार घोषणा गरिएको हो । पुरस्कार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले प्रदान गरे । सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल व्यवस्थापन संघका पदाधिकारीहरू सम्मिलित समितिले अवार्डका लागि छनोट प्रक्रिया सम्पन्न गरेको थियो । यस अवार्डले नेपालको व्यवस्थापन शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने र भविष्यका व्यवस्थापन पेशेवरहरूलाई प्रोत्साहन गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
सिटिजन्स बैंक र नेपाल व्यवस्थापन संघबीच गत वर्ष एमबिए तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले ‘म्यान-सिटिजन्स एसपाइरिङ म्यानेजर अवार्ड’ स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । सो सम्झौता अनुसार प्रत्येक वर्ष पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एम.बि.ए. कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था छ ।
विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याइसकेको छ ।
हालै बैंकले नवयुवालाई लक्षित ‘सिटिजन्स जेन-जी सेभिङ्ग अकाउन्ट’ तथा एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ सुरु गरेको छ । साथै, फ्रिलान्सरहरूका लागि ‘फ्रिलान्सर सेभिङ्ज अकाउन्ट’ पनि सञ्चालनमा ल्याइएको छ ।


