PRABHU BANK

एनआईसी एशिया बैंकले गर्यो दुर्घटना बीमा वापत १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले दुर्घटना बीमा वापतको बीमा दाबी भुक्तानी गरेको छ । बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुर्घटना बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो ।
बैंकको गोपीगन्ज शाखा कार्यालयमा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका नवलपरासी (पश्चिम) जिल्लास्थित प्रतापपुर निवासी राजकुमार शर्माको दुर्घटना भई मृत्यु भएको कारण बैंकले उनको परिवारलाई उक्त बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । बैंकले एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरेको हो ।
ग्राहकले यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख रुपैयाँ र दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख रुपैयाँ पाउन सक्नेछन् । 
यस्तै मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख रुपैयाँ (अस्पताल भर्नामा ८० हजार रुपैयाँ र बहिरंग उपचारमा २० हजार रुपैयाँसँगै विभिन्न निःशुल्क सुविधाहरूसमेत ग्राहकले पाउन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै