नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकको ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको हो।

बैंकको संस्थापक समूहको ३ लाख ६ हजार ५९७ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत आज माघ १८ गतेबाट बिक्रीमा राखिएको हो।

उक्त सेयको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र काठमाडौँको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा र बुटवलमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति फागुन ४ गतेसम्म रहेको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै