काठमाडौँ। नेपाल एसबिआई बैंकले बृद्धबृद्धाहरुलाई सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं, पशुपति स्थित, समाज कल्याण केन्द्र बृद्धाश्रम का ६४ जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा, ब्ल्याङकेट, क्लथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्यानो चप्पल लगायतका अत्यावश्यक सामग्रीहरु प्रदान गरेको हो ।
बैंकले आश्रमका बृद्धबृद्धाहरुको तत्काल आवश्यकताहरू पुरा गर्ने लक्ष्य राख्दै उक्त सहयोग गरेको हो।
कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले समाज कल्याण केन्द्र बृद्धाश्रम, पशुपतिकी प्रमुख, शशी पौडेललाई औपचारिक रुपमा सहयोग सामग्रीहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा पशुपति विकास कोषका सदस्य सचिब, प्रकाश मणि शर्मा भूषाल, पशुपति बिकास कोषका कोषाध्यक्ष, श्रीधर सापकोटा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, प्रबिण मुनि बज्राचार्य र बंैक तथा संस्थाका अन्य पदाधिकारीहरु समेतको उपस्थिति थियो ।
बैंकले समुदाय स्तरमा यस्ता गतिविधिहरु समय समयमा गर्दै आइरहेको छ । बैंकले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।


