मुक्तिनाथ क्यापिटल र सुपर हेवा पावर कम्पनीबीच सम्झौता

काठमाडौँ। मुक्तिनाथ क्यापिटल र सुपर हेवा पावर कम्पनीबीच सम्झौता भएको छ। सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा सेयर निष्काशन गर्न लागिएको रकम रु.१९,२५,००,००० बराबरले हुन आउने १९,२५,००० कित्ता साधारण सेयरको प्रत्याभूति व्यवस्थापन कार्यका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता सम्पन्न गरेको हो ।

उक्त सम्झौता पत्रमा कम्पनीकोतर्फबाट अध्यक्ष हर्क बहादुर तामाङ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. ४ क्षेत्रमा अवस्थित हेवा खोलाको पानी उपयोग गरि ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्