राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ। नेपाल राष्ट्र बैंकले पुस ३० गते २५ अर्बको ऋणपत्र जारी गरेको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि थप १ वर्ष अवधिको २५ अर्बको राष्ट्र बैंक ऋणपत्र जारी गरेको हो ।

राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘झ’ नामक ऋणपत्र जारी गरेको छ । यस ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।

यस ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस ३० गते हुनेछ । यस ऋणपत्रमा न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी आवेदन दिएको छ ।

https://www.nrb.org.np/contents/uploads/2026/01/NRB-Bond_2083_Jha_Notice.pdf

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै