नेपाल एसबिआइ बैंक लुटियो, सुरक्षा गार्डको हात छिनालियो, ३ करोड ११ लाख डकैत

काठमाडौँ । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकास्थित नेपाल एसबिआई बैंकको शाखामा सशस्त्र समूहले लुटपाट गरेको छ। उक्त समूहले बैंकबाट करिब ३ करोड ११ लाख रुपैयाँ नगद लुटेर फरार भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार साँझ करिब ७ बजे बैंकमा प्रवेश गरेका लुटेराहरूले सुरक्षामा खटिएका गार्डमाथि धारिलो हतियार प्रहार गरी उनको हात काटिदिएका थिए। त्यसपछि बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिई बाँधेर नगद रकम लुटपाट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

लुटपाटमा प्रयोग गरिएको गाडी बनेपाबाट ल्याइएको खुलेको छ। प्रहरीले उक्त गाडी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। गाडीबाट एक बोरा नगद रकमसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र पारिएको छ भने लुटपाटपछि आवश्यक अनुसन्धान प्रक्रिया सक्रिय रूपमा अघि बढाइएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै