बैंकर शाह पुन: नबिल मै फर्किए, बने नबिल बैंकको सञ्चालक !

काठमाडौँ। नबिल बैंकको सञ्चालकमा अनिल केशरी शाह नियुक्त भएका छन्। पुस २८ गते बसेको बैंकको वार्षिक साधारण सभाले शाहलाई सञ्चालकमा नियुक्त गरेको हो।

सभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने एक सञ्चालक पदमा शाहलाई निर्विरोध निर्वाचित गरेको हो।

बैंकिङ क्षेत्रको लामो अनुभव सँगालेका शाह नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएपछि कुनै पनि बैंक प्रवेश गरेका थिएनन्। अन्तत: उनी करिब ५ वर्षपछि फेरि नबिलमा नै फर्किएका हुन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्