काठमाडौँ। हिमालयन लघुवित्त वित्तीय संस्थाको १४औँ वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ । संंस्थाको १४औँ वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भएको हो।
संंस्थाका अध्यक्ष बिजय मान नकर्मीको अध्यक्षतामा सम्पन्न १४औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१-८२ को वित्तीय अवस्थाको विवरण, ७ प्रतिशत लाभांश वितरण तथा संस्थाले अन्य लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने-गाभिने वा प्राप्ति गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
साथै, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा आगामी चार (४) वर्षको कार्यकालका लागि सुनिता आचार्य निर्विरोध निर्वाचित भएकी छन् । सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तब्य राखेका थिए ।
संस्थाका अध्यक्ष बिजय मान नकर्मीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरु प्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाई दिएकोमा हार्दिक धन्यवाद व्यक्त गरे । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले ८१ हजार सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ भने संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु. ५ अर्ब रहेको छ ।


