काठमाडौँ। सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकको ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको हो ।
बैंकको संस्थापक समूहको ३ लाख ९ हजार ३८२.७२ कित्ता सेयर बिक्रीमा राखिएको हो। उक्त सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै निवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको १८ हजार ८४४.७२ कित्ताको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ भने बाँकी सेयरको १०० रुपैयाँ निर्धारण गरिएको बैंकले जनएको छ।
इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि निवेदन काठमाडौँको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालय पेस गर्न सक्नेछन्।


