काठमाडौँ। महालक्ष्मी विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपेश लम्सालले आर्थिक वर्ष २०८१-८२ मा तलब भत्ता बापत १ करोड २५ लाख ७१ हजार १६६ रुपैयाँ भुक्तानी गरेको छ ।
बैंकको वार्षिक प्रतिवेदन अनुसार बैंकको सिइओ लम्सालले तलब ५१ लख ४८ हजार रुपैयाँ, संचय कोष ५ लाख १४ हजार ८ सय रुपैयाँ, दशैं भत्ता ७ लाख १५ हजार रुपैयाँ, भत्ता ४८ लाख ६२ हजार रुपैयाँ, कर्मचारी बोनस १२ लाख ७१ हजार ५४३ रुपैयाँ र अन्य ५९ हजार ८२० रुपैयाँ गरी कुल १ करोड २५ लाख ७१ हजार १६३ रुपैयाँ बुझेका हुन्।
यती मात्र होइन सिइओ लम्साले तलब भत्ता बाहेक बैंकको नियमन अनुसार औषधि खर्च, जीवन बीमा, सवारी साधान, इन्धन खर्च तथा मोबाइल खर्चको रुपमा मोटो रकम पनि लिँदै आइरहेका छन्।
सेयरधनीलाई १०.३७ प्रतिशत लाभांश दिएको बैंकले सिइओ लम्सालाई वर्षमा करोडौं रकम तलब भत्ता दिनुमा सेयरधनीहरुले चर्काे विरोधसमेत गरेका छन् ।


