काठमाडौँ। स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सिइओमा धिरेन्द्र लाल कर्ण नियुक्त भएका छन्। कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा धिरेन्द्र लाल कर्ण पुन: नियुक्त भएका छन्।
संस्थाको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सिइओ पदमा कर्ण पुन: नियुक्त भएका हुन्।
सिइओ धिरेन्द्र लाल कर्णको कार्यकाल आगामी माग १ गतेदेखि सुरु हुने लघुवित्तले जनाएको छ।

