भर्ने होइन त सालपा विकास बैंकको आईपीओ ?

काठमाडौँ। सालपा विकास बैंकले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। बैंकले पुस १६ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ।

बैंकले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्कासन गरेको छ। बैंकले ५ प्रतिशतले हुनआउने ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५ प्रतिशतले हुन आउने २६ हजार ११९ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ।

सर्वसाधारणले यो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन पुस २० गते र ढिलोमा पुस ३० गतेसम्म दिनुपर्नेछ।

बैंकको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्