‘पखेटा बढाउनुहोस्, आइटी क्षेत्रमा भविष्य उज्ज्वल छ’

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आइटी क्षेत्रमा भविष्य उज्ज्वल रहेको बताएका छन्। गएको केहि वर्षमा नेपालको आइटि क्षेत्रले राम्रो मेहनत गरेको पनि उनले बताएका हुन्।

अर्थमन्त्रालयले गरेको कम्पनीहरु खोल्न सहजगर्ने , FDI मा सिमा संसोधन गर्ने, करको दर विश्वसनीय बनाउने जस्ता सुधारको आंशिक फलस्वरुप २ वर्ष अघि वैदेशिक लगानीमा ४० वटा जति आइटि कम्पनी खुलेकामा एक वर्ष अघि लगभग ४०० कम्पनी खुलेका थिए।

उनले भने, ‘म राष्ट्र बैंक आएपछि यि सुधारभन्दा अघि बढेर नेपाली निर्यातकर्ता कम्पनीहरुलाई विदेशमा एक मिलियन डलरसम्म लगानी गर्न अनुमति दिइएको छ भने हाल निर्यात नगरेका कम्पनीहरुलाई पनि २० हजार डलरसम्म लगानी गर्न दिइएको छ। नतिजा हेरेर यी सीमाहरु संसोधन गर्दैजाने कुरामा सबैलाई विश्वास दिलाउन पनि चाहन्छु। वैदेशिक लगानीकर्ताहरुले पेपरवर्क धेरै भयो भनेर गुनासो गरेको सन्दर्भमा नाफा लग्न राष्ट्र बैंकको स्विकृती लिनुनपर्ने गरिएको छ। हेर्दा साधारण लागेपनी २०२१ सालमै वैदेशिक लगानी गर्न प्रतिवन्ध लगाइएको हाम्रो देशमा भएका यि पहल दूरगामी असर पार्ने प्रकृतिका हुन। अब युवाहरुलाई अनुरोध: ढुक्क भएर नयाँ प्रोडक्ट निकाल्नुहोस, विश्व बजारमा आँखा लगाउनुहोस । पखेटा फैलाउनुहोस, मेहनत गर्नुहोस, नेपालबाटै जित्नलाई संसार हुनेछ । बैंकिङ क्षेत्रले तपाईहरुको विस्तारमा सदैव साथ दिनेछ।’

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै