प्रभु बैंकका सिइओ अशोक शेरचनसहित पाँच जना रिहा

काठमाडौँ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनसहित पाँच जना रिहा भएका छन्। पक्राउ परेकाे २६ दिनपछि सिइओ अशोक शेरचनसहित पाँच जना रिहा भएका हुन्।

पुस ११ गते अर्थात् (शुक्रबार) विशेष सरकारी वकिलको कार्यालयले उनीहरूलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो ।

सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठकाअनुसार विशेष सरकारी वकिल कार्यालयले सीईओ शेरचन, डेपुटी सीईओ मनिराम पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ, रेमिट्यान्स विभागका प्रमुख सुजिन शाक्य र गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यलाई हाजिरी जमानीमा छोड्न आदेश दिएको हो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्