काठमाडौँ। एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षले राजीनामा दिएका छन् । बैंकको सञ्चालक समिति अध्यक्ष तुल्सीराम अग्रवालले पदबाट राजीनामा दिएका छन् ।
हाल उनको राजीनामा पुस ६ गतेको सञ्चालक समितिको बैठकले स्वीकृत गरिसकेको छ।
नेपाल राष्ट्र बैंकको कारवाहीमा परेपछि अध्यक्ष अग्रवालले राजीनामा दिएको बुझिएको छ।


