महुली लघुवित्तले सेयरधनीहरुलाई लाभांश दिने, नगद कति ?

काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ। लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१-८२ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो।

लघुवित्तले हाल कायम चुक्तापुँजी ३६ करोड ९९ लाख २३ हजार ५००.२० रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

जसमा ४.७२ प्रतिशतले हुन आउने १ करोड ७५ लाख ७१ हजार ३६६.२६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने ९ लाख २४ हजार ८०८.७५ रुपैयाँबराबरको नगद लाभांश छन्।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै