सिवाईसी नेपाल लघुवित्तले १३.४३ प्रतिशत लाभांश दिने

काठमाडौँ। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ।  लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१-८२ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल १३.४३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तले हाल कायम चुक्तापुँजी २६ करोड ६४ लाख २४ हजार ३८८ रुपैयाँको कुल १३.४३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

जसमा १३.७६ प्रतिशतले हुन आउने ३ करोड ३९ लाख ९३ हजार ९७५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.६७ प्रतिशतले हुन आउने १७ लाख ८९ हजार १५७ रुपैयाँबराबरको नगद लाभांश रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै